Logo

क्रिकेट: सन्दीप बीबीएलको ड्राफ्टमा



काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन् ।

२८ अगस्टबाट सुरु हुने नयाँ सिजनका लागि बीबीएलले सार्वजनिक गरेको ड्राफ्टमा स्थान बनाउने सन्दीप एक मात्र नेपाली खेलाडी हुन् । पछिल्लो दुई संस्करणमा भने उनले होबर्ट हुरिक्यान्सबाट खेलेका थिए ।

गत सिजन उनले होबर्ट हुरिक्यान्सबाट १४ खेलमा १४ विकेट लिएका थिए । सन् २०१८ देखि २०२० सम्म भने उनले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए । यसअघि सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सीपीएल) को क्लब जमैका तल्लावाजले अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ११:०१

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट