Logo

साफ यु २०: बंगलादेश र भारत फाइनलमा, नेपाल बाहिरियो



लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १-० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । आज भारत हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औं मिनेटमा निर्णायक गोल गरे ।

यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो ।

जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्‍यो । यसअघि आजै भएको पहिलो खेलमा नेपालसँग १-१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलको टिकट काटेको थियो ।

जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यस अघि नै  माल्दिभ्स र श्रीलंका भने उपाधी दौडबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ०७:२८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट