Logo

काभ्रेस्थली घटनामा दिनेशको सुसाइड नोट- श्रीमतीको अन्तै सम्बन्ध, माइतीले सम्पती हडप्न खोज्थे !



काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा सोमबार एक ठुलो घटना भयो ।

घरमुली दिनेश पाण्डेले उठाएको एक कदमबाट परिवार नै सखाप पर्यो ।

प्रहरी परिसरको टोलीले घरभित्र अनुसन्धानका क्रममा घरमूली दिनेशले खाटमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि चक्कु हानेका थिए।

दिनेश पाण्डेले आफ्ना दुई छोराछोरी र पत्नीलाई चक्कुले हानेर ज्यान लिए त्यसपछि आफूले पनि झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए।

घटनास्थलमा पाण्डेले छाडेको एक सुसाइड नोट भेटिएको छ ।

उक्त सुसाइड नोटमा पत्नीको व्यवहार र माइतीका कारण आफूले सो घटना निम्त्याएको उल्लेख छ ।

दिनेशले आफूलाई श्रीमतीले मोबाइल हेर्न नदिने र अन्तै म्यासेज गर्ने कारण उल्लेख गरेका छन् ।

नोटमा उनले आफ्नो सम्पती माइतीले हडप्न खोजेको तथा श्रीमतीको अन्तै सम्बन्ध रहेको देखाएका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १९:०८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट