Logo

लगातार १५ हिट फिल्म दिएका राजेश खन्ना यी दुई कारणले गएनन् बिग बोस



मुम्बई – अभिनेता राजेश खन्नाले एकपछि अर्को गर्दै १५ हिट फिल्म दिए । जुन रेकर्ड आजसम्म बलिउडमा कसैले तोड्न सकेको छैन । सन् १९६९ देखि १९७१ सम्म लगातार १५ हिट फिल्म दिएका राजेशप्रति युवतीहरू मोहित थिए । तर एक समय यस्तो पनि आयो कि फ्यान उनीबाट टाढिए र उनले काम नै पाएनन् ।

कुरा सन् २००९ को हो । राजेश काम नपाएपछि तनावमा थिए र अधिकांश समय आफ्नो अफिसमा बसेर समय बिताउँथे । उनी घरमा केवल सुत्न मात्र जान्थे । त्यो समयमा राजेशलाई कलर्स च्यानलको प्रतिनिधिद्वारा कलर्सको शो ‘बिग बोस’ होस्ट गर्न प्रस्ताव गरेका थिए । राजेशले तुरुन्तै यो कुरामा सहमति जनाउँदै उनले अमिताभ बच्चनले पाएभन्दा बढी पारिश्रमिकको माग गरे ।

यो कुरा सुनेर उनलाई प्रस्ताव लैजाने प्रतिनिधिको होसहवास नै उड्यो । उनीहरूले राजेशलाई भेट्न भोलिपल्ट आउँछु भने पनि उनीहरू कहिल्यै फर्किएनन् । संयोगले यो होस्ट अमिताभले नै चलाउने मौका पाए ।

पछि पुनः एकपटक कलर्स च्यानलले राजेशलाई प्रतिस्पर्धीका रूपमा प्रस्ताव गर्यो । जसका लागि उनलाई साढे तीन करोड रुपैंयाँ दिने अफर गरियो । राजेशले एक सर्तसहित प्रस्ताव स्वीकारे । राजेशले आफूलाई बिग बोसको घरमा मदिराको व्वस्था हुनुपर्ने माग राखे । किनकि उनी मदिराबिना बाँच्न सक्दैन थिए । तर उनको प्रस्तावलाई निर्माताले स्वीकारेनन् । यी दुई कारणले निर्मातासँग कुराकानी भए पनि राजेश बिग बोसमा उपस्थित भएनन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १५:१८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट