Logo

पौडी खेल्दा सार्कको आक्रमणमा दुई महिलाको मृत्यु



एजेन्सी – इजिप्टको तटीय क्षेत्रमा यसै साता सार्कको आक्रमणमा एक अस्ट्रियाली र अर्की रोमानियाली महिलाको मृत्यु भएको इजिप्टको वातावरण मन्त्रालयले जनाएको छ । रेड सिमा दक्षिणी हुर्घाडाको सहल हसिस क्षेत्रमा पौडी खेल्ने क्रममा दुई महिलालाई सार्कले आक्रमण गरेको र दुबै जनाको मृत्यु भएको मन्त्रालयले आइतबार फेसबुक पेजमा जनाएको छ ।

अस्ट्रियाको समाचार एजेन्सी एपीएका अनुसार मृत्यु भएकामध्ये एक महिला देशको टायरोल क्षेत्रकी भएको जनाइएको छ । ६८ वर्षीया ती महिला इजिप्टमा छुट्टी मनाउन गएकी थिइन् । अस्ट्रियाको विदेश मन्त्रालयले इजिप्टमा आफ्नो देशको नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

त्यस्तै, रोमानियाको विदेश मन्त्रालयले पनि आफ्नो नागरिकको इजिप्टमा सार्क आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ । यसैबीच, दुई महिलाको मृत्युपछि तीन दिनसम्म सम्पूर्ण तटीय क्षेत्र बन्द गर्न रेड सीका गर्भनरले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १४:३५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट