Logo

‘निजी क्षेत्रलाई लखेट्दा, खुम्च्याउन खोज्दा सरकारी शैक्षिक संस्था खण्डहर’ (भिडियो अन्तर्वार्ता)



उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)का बरिष्ठ उपाध्यक्ष युवराज शर्माले सरकारले निजी क्षेत्रलाई गाली गर्दै जाँदा, लखेट्दै जाँदा र खुम्च्याउन खोज्दा सरकारी संस्थाहरु, विद्यालयहरु, विश्वविद्यालयहरु खण्डहर हुने अबस्थामा पुगेको बताएका छन् । सुत्र टिभीसँगको भिडियो अन्तर्वार्तामा शर्माले जिर्ण अवस्थामा पुग्न लागेको शिक्षा क्षेत्रलाई बचाउन थोरै भएपनि निजी क्षेत्रको योगदान रहेको बताए ।

जिवनको ३ दशक शिक्षा क्षेत्रमा विताएको भन्दै शर्माले आफ्नो अन्य कुनैपनि उद्योगधन्दामा लगानी नरहेको स्पष्ट पारे । उनले शिक्षामा बाहेक कहिंकतै एक रुपैयाँ पनि लगानी नरहेको भन्दै ३० बर्षको रेकर्ड देखाउन आफु तयार रहेको बताए ।

३० बर्ष शैक्षिक उद्यमशिलतामा विताइसकेका शर्माले अझै दुई दशक शिक्षा क्षेत्रमा नै विताउने योजना रहेको बताए । राज्यले पत्याएको छैन तरपनि सरकारले कुनै विद्यालय, कलेज वा विश्वविद्यालय नै व्यवस्थापन गर्ने जिम्मा दियो भने आफुसँग निजी भन्दा राम्रोसँग चलाउन सक्ने जोश, जाँगर, हिम्मत र क्षमता भएको शर्माले बताए ।

शर्माले प्लस टु कलेज संचालनको लागि सुरुवाती समयमा नाम, डिजाइन, लोगो र प्रचारको शैली फरक ढंगले गरेका थिए । जसका कारण उनी ब्राण्ड मेकरको रुपमा परिचित छन् । उनैले अपनाएको शैली पछ्याउँदै थुप्रै शैक्षिक उद्योगीले प्लस टुको ब्राण्ड बनाए ।

शिक्षा क्षेत्रमा अनवरत रुपमा लागिरहेका र कुनै बेला चर्चाको शिखरमा शर्माले यसबीचमा थुप्रै उतारचढाव व्यहोरेका छन् । उनले शिक्षामा गरेका ठूला लगानीलाई जोगाउन सकेनन् । तर पनि उनि बिचलित भएनन् । अब उनलाई निजी क्षेत्रको लगानी रहेको विश्वविद्यालय संचालन गर्ने धोको छ । यसका लागि उनले आवश्यक पूर्व तयारी गरिरहेको जानकारी दिए ।

शर्मासँग भएको पूरा अन्तर्वार्ता हेर्न र सुन्न तलको भिडियो लिङ्कमा जानुहोस् 

प्रकाशित मिति : २० असार २०७९, सोमबार १३:०५

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113

हाम्रो टीम

अध्यक्ष / प्रकाशक :
केशब खड्का
सम्पादक :
लक्ष्मण सिटौला
कार्यकारी प्रमुख :
राजेन्द्र भट्ट

सोसल मिडिया

Instagram
Facebook
Youtube
Twitter