Logo

सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि आजबाट गण्डकी संसद सुरु हुँदै



पोखरा- निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध गण्डकी प्रदेशसभा साेमबारदेखि सुरु हुँदैछ । अर्थमन्त्री र मुख्यमन्त्रीबीचको छलफलमा उक्त कार्यक्रम पुनः बजेटमा राख्न अर्थमन्त्री रामजी बराल सहमत भएपछि साेमबार दिउँसो १ बजेका लागि संसद् बैठक डाकिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनको संयुक्त बैठकले दिएको निर्देशन समेत अटेर गरी बरालले उक्त कार्यक्रम नियतबस छुटाएका थिए । त्यसपछि सरकारले नै संसद स्थगीत गरेको हो । लामो समयको छलफलपछि अर्थमन्त्रीले छुटाएको कार्यक्रम अर्थ विविध शीर्षकबाट राख्न राजी भएका हुन् । बरालले अर्थ विविध शीर्षकमा ३ अर्ब २९ करोड रुपैयाँ राखेका छन् । हरेक वर्ष उक्त कार्यक्रममा ७२ करोड विनियोजन हुने गरेको थियो । अहिले भने कार्यक्रम परेन ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाममा नभएपनि नाम फेरेर कार्यक्रम राख्न सहमत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बरालले उक्त कार्यक्रम केन्द्रिकृत मानसिकताको उपज भएको भन्दै नियतबस हटाएको बताएका थिए । चौतर्फी दवाव थेग्न नसकेपछि उनले कार्यक्रम राख्न सहमति जनाएका हुन् ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १२:२३

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट