Logo

राजधानीमा नेशनल फिल्म तथा टीभी स्कुलको शुभारम्भ, राजेश हमाल र नीति शाहले गरे उद्घाटन



राजधानीको चाबहिलमा नेशनल फिल्म तथा टीभी स्कुलको शुभारम्भ भएको छ । स्कुलको नायक राजेश हमाल र फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाहलगायतका कलाकारले उद्घाटन गरेका छन् ।

स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको अध्ययन समेत हुनेछ । स्कुल उद्घाटनको लागि आयोजित भव्य जमघट कार्यक्रममा कलाकारले भीवाईएफ टक्सको पनि शुभारम्भ गरे ।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्काले पनि कलेज उद्घाटनमा साथ दिए । अभिनेता हमाल स्कुलका गेस्ट लेक्चर पनि हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ ।’

भीवाईएफ टक्सका प्रमुख दशरथ सुनारका अनुसार उक्त स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्सको पनि पढाइ हुनेछ । आइतबारदेखि नै स्कुलको औपचारिक सुरुवात भएको छ । केही वर्षमा त्रिभुवन विश्वविद्यालयको कोर्स पनि पढाइ हुने स्कुलले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १२:२२

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट