शिक्षा क्षेत्रमा मनपरी गर्नेलाई अखिल क्रान्तिकारीले नछाड्ने-Sutra News

शिक्षा क्षेत्रमा मनपरी गर्नेलाई अखिल क्रान्तिकारीले नछाड्ने

शनिबार, १८ असार २०७९

शनिबार, १८ असार २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (बहुमत)निकट अनेरास्ववियु विदेशी शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।



केही दिनअगाडी काठमाडौँमा सम्पन्न भएको संगठनको भेलाले शैक्षिक संस्थाको मनपरीविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

“विप्लव नेतृत्वको नेकपाभित्र देखापरेको दार्शिनिक रुपमा सारसंग्रहवाद, राजनीतिक रुपमले संसदीय संशोधनवाद, संगठनात्मक रुपले निषेधात्मक अधिभूतवाद तथा विसर्जनवाद, संघर्षमा आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादका विरु निर्णयक सम्बन्ध विच्छेद गरी निरन्तर क्रान्तिको मार्गमा अघि बढिरहेको कार्यप्रति यो विशेष राष्ट्रिय भेला हार्दिक स्वागत गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

देशमा विभिन्न ठाउँहरुमा विदेशी सम्बन्धन प्राप्त भएको भन्दै विभिन्न कलेजहरु संचालन भएको पाउन सकिन्छ ।

त्यति मात्र छैन नेपालमा विदेशी शैक्षिक संस्थाहरुले नेपाली विद्यार्थीहरुलाई लुटिरहेका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट