Logo

जसपा राजनीतिः आन्तरीक विवादले निम्त्याएको सम्बन्ध विच्छेद्



पार्टीभित्रकै आन्तरिक विवादले जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्का भइसकेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच कुरा नमिलेपछि तात्तातो निर्णय गर्न पुगे ।

बुधबार साँझ भट्टराई र यादवले सहमतीमै छुट्टिने कुरा गरे । जसपामा आन्तरिक विवाद नौलो कुरा होइन । यी दुईबीच पार्टीको बैठक बोलाउनेदेखि पार्टीका निर्णयहरुमा मतभेद चल्दै आइरहेको थियो । पछिल्लो समय सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णयले विवाद झन चर्किन पुग्यो ।

खासमा यहि कारणले भट्टराई र यादव छुट्टिने अवस्थामा पुगेको बताइएको छ । पार्टीका हरेक निर्णय गर्दा यादव नै अघि हुँदा भट्टराईले असन्तुष्ट व्यक्त गर्दै आएका थिए । यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्ना मन्त्रीहरु हेरफेर गर्नुपर्ने बताएका थिए । तर भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर यादवको निर्णय नमान्न ।

यो एकलौटी निर्णय भएको बताए । त्यसपछि प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक विवाद मिलेपछि मात्र मन्त्री हेरफेर अघि बढाइने बताए । पार्टीभित्र यी दुईको कुरा नमिल्दा एकअर्काका नेताहरु पछि तितरवितर भए । स्थानीय तहको चुनावअघि भट्टराईको पक्षमा रहेका नेताहरु चसनावपछि यादवको पक्षमा लाग्न थाले ।

चुनावअघि पार्टीभित्र बहुमतमा रहेका भट्टराई अहिले अल्पमतमा परेका हुन् । उनका पक्षमा रहेका प्रतिनिधिसभा सदस्य तथा कार्यकारिणी सदस्य इस्तियाक राइ, केन्द्रीय सदस्य प्रदीप यादव, मृगेन्द्र कुमार सिंह यादव लगायत यादवको समूहमा सामेल भए ।

पहिले भट्टराईलाई साथ दिन आश्वासन दिएका नेताहरु यादवले बोलाएको कार्यकारिणीको बैठकमा सहभागी भए । बहुमतसहित पार्टीबाट अलग हुने सोच राखेका भट्टराई अहिले अलमलकासाथ तात्तातो निर्णय गर्न पुगे । अहिले पार्टीको अवस्था हेर्दा उपेन्द्रको पक्षमा बहुमत रहेकोले उनकै पार्टीको आधिकारिकता रहने अनुमान छ । यता, भट्टराईले भने नयाँ पार्टी बनाउन सक्ने अनुमान लगाइन्छ ।

माओवादी पार्टीसँगै कम्युनिस्ट विचार त्यागेर नयाँ पार्टीमा जोडिदै गएका भट्टराई अहिले पछुतो मानिरहेको हल्ला पनि सुनिन्छ । माओवादी त्यागेपछि २०७३ साल जेठ ३० गते उनले काठमाडौँको दशरथ रंगाशालामा एक कार्यक्रमको आयोजना गरेर ‘नयाँ शक्ति’ पार्टी घोषणा गरेका थिए ।

२०७४ सालको स्थानीय तहको चुनावमा राम्रो नतिजा ल्याउन नसकेपछि उनले तत्कालीन संघीय समाजवादी फोरमसँग मिलेर २०७६ साल वैशाख २३ गते समाजवादी पार्टी निर्माण गरे । जसको नेतृत्व उनले यादवलाई छोडिदिए । त्यसको एक वर्षमै वैशाख १० गते नै सबै मधेस केन्द्रित दल एक ठाउँमा हुनुपर्ने भन्दै जसपा बन्यो ।

त्यसको केही समयमा नै महन्थ ठाकुर पार्टीबाट छुट्टिन खोजे । उनले लोकतान्त्रिक समाजवादी फोरम (लोसपा) नेपाल गठन गरे । अब भट्टराई पनि पार्टीबाट अलग्गिदैछन् । अब भट्टराई नयाँ पार्टी खोल्छन् या के गर्छन् चासोको बिषय छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १२:२८

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट