Logo

८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला



एजेन्सी – जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो ।

उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो । करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो ।

न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्निनियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए । उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो । उनलाई कुन चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ । सुक्ष्म रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १४:५६

सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट