Logo

सरकारमा रहेका काँग्रेसका मन्त्री फेरबदल गर्न दबाब



काठमाडौं – नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरु फिर्ता ल्याएर नयाँ राख्ने प्रक्रिया थालेपछि नेपाली कांग्रेसले पनि मन्त्रीहरु फेर्ने तयारीमा लागेको छ ।

सरकारमा रहेका मन्त्री फेर्नको लागि कांग्रेसभित्रबाट नै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिन थालिएको छ । सरकारमा रहेका आफ्ना मन्त्रीको कार्यसम्पादन कमजोर भएको भन्दै फेर्नुपर्ने पार्टीमा नै कुरा उठेको स्रोतको भनाई छ ।

सभापति देउवा निकट एक नेताले साथी मन्त्री हुँदा मन्त्री फेर्ने कुरा खुलेर भन्न नसकिएको र उनीहरुको काम चित्त पनि नबुझेको बताए । उनले देउवा नजिक भएका आफूहरुले मन्त्री फेर्ने कुरा गरिरहेको पनि बताए ।

केही समयदेखि उपसभापति पूर्णबहादुर खड्का, मीन विश्वकर्मा, डिला संग्रौला लगायतका नेताहरु सरकारमा रहेका मन्त्रीहरुको कामलाई लिएर सन्तुष्ट नभएको बताइन्छ ।

पार्टीका महामन्त्री गगन थापाले पनि मन्त्री फेर्ने बिषयमा केही कुराहरु चलेको पनि बताएका थिए । तर अहिले कांग्रेसका नेताहरु मन्त्री फरबदलको बिषयमा खुलेर देउवासँग कुरा गर्न भने सकिरहेका छैनन् । देउवालाई उनी निकटका नेताहरुले भने यस बिषयमा कुरा राख्दै आएको बताइएको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार १०:३७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट