Logo

‘किरात एकेडेमी पुरस्कार’ सिफारिस समिति गठन



कोभिड १९ को बिश्वब्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकूलको कृति अभावको कारण लामो समयसम्म स्थगित भएको ‘किरात एकेडेमी पुरस्कार’ वितरणको लागि सिफारिस समिति गठन गरिएको छ ।

यस संगसंगैँ किरात एकेडेमीले निम्न अनुसारको नयाँ कार्य समिति पनि पुनर्गठित गरेको छ । अध्यक्ष भूपाल राई, उपाध्यक्ष डा. धनप्रसाद सुवेदी, महासचिव चेतनाथ धमला, सचिव प्रकाश राई, कोषाध्यक्ष रुपकुमार राई, सदस्यहरुमा क्रमशः डा. यादेवी ढकाल, कला राई, राधा राई, बम बानियाँ, मनिष पिएम, आसकुमार राई रहेका छन् ।

किरात एकेडेमी पुरस्कार यस भन्दा अगाडि पहिलो चोटी युग पाठक र दोस्रो चोटी झलक सुवेदीलाई प्रदान गरिएको थियो । ५०,००० ‘पचास हजार’ राशि रहेको यो पुरस्कार तेस्रो चोटी प्रदान गर्नको लागि पन्ध्र दिन भित्रमा कृति तथा योग्यतम ब्यक्ति छनोट गरिसक्ने गरि निम्नानुसारका ब्यक्तिहरुको पुरस्कार छनोट समिति चयन गरिएको छ । संयोजक भूपाल राई, सदस्यमा डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला रहेका छन् ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १३:२९


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113