ओलीको निश्कर्ष- अनुशासन हिनताका कारण स्थानीय तहमा जनमत गुम्यो-Sutra News

ओलीको निश्कर्ष- अनुशासन हिनताका कारण स्थानीय तहमा जनमत गुम्यो

बिहिबार, १९ जेष्ठ २०७९

बिहिबार, १९ जेष्ठ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पार्टी कमजोर हुनुमा अनुशासन हिनता मुख्य कारण भएको बताएका छन् ।



बिहीबार एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अन्य दलहरुका कारणले नभइ आफ्नै कारणले जनमत गुमाउनु परेको बताएका थिए ।

आगामी निर्वाचनमा यसलाई सुधार गरेर जानु पर्ने उनको भनाइ थियो । ओलीले प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत हुन समेत  निर्देशन दिए ।

संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता बसेको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल सहित २२ जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट