जनप्रतिनिधिलाई अगाडी राखेर प्रचण्डले भने- एमालेलाई ठेगान लगाइसक्यौं, अब काँग्रेसको पालो-Sutra News

जनप्रतिनिधिलाई अगाडी राखेर प्रचण्डले भने- एमालेलाई ठेगान लगाइसक्यौं, अब काँग्रेसको पालो

बुधबार, १८ जेष्ठ २०७९

बुधबार, १८ जेष्ठ २०७९

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस सँग गठबन्धन गरेर चुनावमा आएको नेकपा माओवादी केन्द्रले उल्टै काँग्रेसलाई चेतावनी दिएको छ ।



बुधबार काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसलाई निर्वाचनमा ठूलो दल भएकोमा दम्भ र अहंकार नदेखाउन चेतावनीसमेत दिन भ्याए ।

उनले विगतमा एमालेलाई अहंकार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहंकार आउने हो कि भन्ने डर पैदा भएकोसमेत बताएका छन् ।

उनले त्यतिमात्र बताएनन् काँग्रेसले पनि दम्भ र अहंकार देखाए एमालेलाई जस्तै ठेगान लगाइदिनेसमेत बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो अर्को केही छैन । फेरि कांग्रेस पनि एमालेजस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही नि होइन अब स्थानीयमा पनि धेरैजसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरी एमालेलाई ठेगान लगाएजस्तै फेरी कांग्रेसलाई लगाउने दिन नआओस् भन्ने छ हामीलाई ।‘

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट