विवेकशिल साझा पार्टीकी काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार समिक्षा बास्कोटाले सुत्र टिभी एचडीमा अन्तरवार्ताको क्रममा आफुहरुले पाँच बर्ष पहिले पाएको मत यसपटक स्वतन्त्र उम्मेदवार बालेन शाहलाई गएको दावी गरेकी छन् । अन्तरवार्ताकै क्रममा आफुहरुको पाँच बर्षिय मेहनत खेर गएको पनि उनले स्वीकार गरिन् । अब पार्टीभित्र हाम्रा कमजोरी र निर्वाचनका सवालमा निर्मम समिक्षा हुनेछ । यसैगरी उनले नेतृत्व परिवर्तन गर्नुपरे पार्टीले गर्ने बताइन् ।
उनाका पिता दीपकप्रसाद बास्कोटा पूर्व गृह राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता पनि थिए । बाबु कांग्रेसबाट मन्त्री भइसकेको अवस्थामा तपाई किन विवेकशिल साझामा जोडिनु भयो भन्ने प्रश्नमा नेपाली कांग्रेसमा गएर जुन फोहोर राजनीतिको सफा गर्ने हुटहुटी ममा थियो त्यो पूरा हुन नसक्ने देखेर विवेकशिल साझामा आवद्ध भएकी हुँ ।
उनीसँगको पूरा संवाद उल्लेखित भिडियोमा हेर्न सकिनेछः
प्रतिक्रिया