Logo

नेपालको फितलो प्रस्तुती, युगान्डालाई दियो ९८ रनको लक्ष्य



महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले युगान्डासामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण  १८ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गर्‍यो ।

यसअघि ओसिलो मैदानकै कारण खेल टस निर्धारित समयमा हुन सकेको थिएन । नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको योगदान गरिन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन् । यसबाहेक सीता राना मगर ११ रन जोडेर पभेलियन फर्किइन् भने अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक तीन विकेट लिइन् । उनले चार ओभरमा १३ रन खर्चिइन् । यस्तै, साराह अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिइन् ।

पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १६:२७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट