Logo

सेयर बजार २३.५१ अंकले ओरालो, कारोबार रकममा पनि गिरावट



सेयर बजार नेप्सेमा बिहीबार २३ अंकले ओरालो लागेको गिरावट आएको छ । बुधबार पनि ८ अंकले ओरालो लागेको नेप्से परिसूचक बिहीबार २३ दशमलव ५१ अंकले ओरालो लागेको हो ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले घटेर ४ सय ३७ दशमलव २१ अंकमा पुगेको छ। बिहीबार नेप्से बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

बजारमा १८३ कम्पनीका लगानीकर्ताले ठूलो रकम गुमाएका छन् भने ३१ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । बिहीबार नेप्सेमा २१९ कम्पनीको ३७ लाख ९८ हजार २६३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

बिहीबारको कारोबार रकम बुधबारभन्दा २ करोड ५४ लाखले कमी आएको हो । नेप्सेमा बुधबार १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

नेप्से बजारमा मिचुअल फन्टमा लगानीकर्ताबाहेक अधिकांश सेक्टरका लगानी कर्ताले गुमाएका छन् । मिचुअल फन्ट सेक्टरमा शून्य दशमलव ११ अंकको झिनो सुधार आउँदा लाइफ इन्स्योरेन्सको सेक्टरमा १७२ अंकले र नन् लाइफ इन्स्योरेन्सको सेक्टरमा १४३ अंकले ओरालो आउँदा अन्य सेक्टरमा १०० अंकमुनिको गिरावट आएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १६:४८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट