मन्थली नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी-Sutra News

मन्थली नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी

बिहिबार, ५ जेष्ठ २०७९

बिहिबार, ५ जेष्ठ २०७९

रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले जित निकालेको छ । मन्थली नगरपालिका प्रमुखमा एमालेका लव श्रेष्ठ ९ हजार ७१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विनोद कार्कीले ९ हजार १२२ मत ल्याएर पराजित भए ।



उपप्रमुखमा एमालेकी ईश्वरी बस्नेत विजयी भइन् । बस्नेतले ९ हजार १६१ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत मात्र ल्याएकी छिन् । १४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुख सहित ६ वटा वडामा जित निकाल्दा गठबन्धनले बाँकी जिल्लामा आफ्नो पकड जमाएको छ ।

मन्थली नगरपालिकामा ६ वटा वडामा काँग्रेसले वडाध्यक्ष जितेको छ । वडा नं. १ मा काँग्रेसबाट होपप्रसाद पौडेल निर्वाचित भएका छन् । वडा नं. ४ सालुमा राजन घिमिरे, वडा नं. ६ मा अशोक कुमार तामाङ, वडा नं ७ भटौलीमा भुवनहरि प्रसाइँ, वडा नं १० चनखुमा गोपिलाल तामाङ र वडा नं. १२ मा खिलेन्द्र बहादुर खत्री कांग्रेसबाट निर्वाचित भएका छन् । यस्तै एकीकृत समाजवादीबाट वडा नं. ५ सुनारपानीमा नवीन कार्की विजयी भएका छन् भने वडा नं. ११ भीम बहादुर थापामगरले जित निकालेका छन् ।

यस्तै एमालेका तर्फबाट मन्थली वडा नं. २ टेकानपुरमा सुरेन्द्र बहादुर कार्की, वडा नं. ३ कठजोरमा कृष्णगोपाल थापा, वडा नं. ८ चिसापानीमा गोपाल श्रेष्ठ, वडा नं ९ पुरानागाउँमा गोकर्णराज आरण, वडा नं. १३ फुलासीमा नवराज थापा मगर र वडा नं. १४ फुलासीमा मोतिलाल तामाङ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट