Logo

मताधिकारबाट बन्चित यी युवा, जसको हातबाटै थुतेर मतपत्र च्यातियो



स्थानीय तहको निर्वाचनमा बाराका एक जना मतदाता मताधिकारबाट बन्चित भएका छन् । बाराको निजगढ नगरपालिका वडा नम्बर २ का सन्देश घिमिरे मताधिकारबाट बन्चित भएका हुन ।

करिब ३ बजे निजगढ नगरपालिका-२ स्थित लोकप्रिय आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न गएका घिमिरेले मतपत्र लिएर गोप्य मतदान गर्न गए, तर उनको हात कामेकाले उनले नजिकै रहेका सुशील थापालाई हात कामेको बताए ।

थापाले चिनजान भएका घिमिरेको मतपत्र लिएर सहयोग गर्ने प्रयास गरे तर त्यहाँ रहेका व्यक्तिले हुँदैन एकाघरका व्यक्ति चाहिने भन्दै बिरोध गरे ।

मतपत्र खाली नै थियो थापाले मतपत्र घिमिरेलाई फिर्ता दिए । त्यसपछि स्थानीयले दुबैको मतपत्र खारेज गर्न माग गरे । थापाले भने मतपेटिका बाकसमा मतपत्र खसाइसकेका थिए ।

स्थानीयहरू एक आपसमा विवाद गरिएहेको अवस्थामा नगेन्द्र श्रेष्ठ (बाबु)ले घिमिरेको हातबाट मतपत्र खोसेर मतपत्रनै च्यातेर फालिदिए ।
घिमिरेले आफ्नु अमूल्य मत दिन पुनः मतपत्र माग गरे, तर दिइएन ।

यता प्रहरीले घिमिरेलाई सहयोग गर्ने थापालाई नियन्त्रणमा लिए र निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाए । तर, मतपत्र च्यात्नेलाइ भने छोडे । सामान्य सोधपुछपछि निर्वाचन अधिकृत शम्भु बरालले उनलाई छोडिदिए भने आफ्नो मत दिन गएका घिमिरे भने मतदान नै गर्न नपाइ घर फर्किए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १४:२१


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट