Logo

काठमाडौं महानगरमा त्रिपक्षीय भिडन्तः सिर्जनालाई उछिने स्थापितले, बालेनको अग्रता कायमै



काठमाडौं महानगरपालिकाको मेयरमा त्रिपक्षीय भिडन्त देखिएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि छन् भने उनलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहेका छन् ।

पछिल्लो मतगणना अनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा उक्लिएका छन् भने कांग्रसकी सिर्जना १४८ मतका साथ तेस्रोमा छिन् । अघि स्थापित तेस्रोमा र सिर्जना दोस्रो स्थानमा थिए ।

अहिले काठमाडौंको वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना भइरहेको छ । वडा नम्बर १ तीनैजना प्रतिस्पर्धी हाराहारीमा छन् । वडा नम्बर ३२ मा भने बालेन प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १४:१५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट