Logo

बन्दीपुर गाउँपालिकामा माओवादीको अग्रता



तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र अगाडि देखिएको छ । स्थानीय तह निर्वाचनमा बन्दीपुर माओवादीले तनहुँमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको एक मात्र पालिका हो । यसपटक यहाँ माओवादीको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार पुरानै  दोहोरिएका छन् ।

वडा नम्बर १ र ४ को एक हजार २०० मतगणना हुदाँसम्म अध्यक्ष  र उपाध्यक्षमा माओवादीको अग्रता छ । माओवादीबाट अध्यक्षका उम्मेद्वार पुर्णसिं थापाले ४१५ र उपाध्यक्ष करुण गुरुङले ३८३ मत पाएकी छन् ।

नेकपा एमालेका अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापाले ३५० मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन् । जोशी समूहबाट उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएकी केशमाया गुरुङले १८४ मत पाएकी छन् ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार धुर्वलाल प्रधानले ३२४ र उपाध्यक्षकी उम्मेद्वार पञ्चमाया गुरुङले ३८२ मत पाएकी छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:३४


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट