भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेन्द्र श्रेष्ठले १६ सय मत गन्दा ८३९ मत पाएका छन् ।
उनलाई एमालेका मदन सुन्दर श्रेष्ठले ५९४ मतसहित पछ्याइरहेका छन् ।
प्राप्त पछिल्लो परिणाम अनुसार उपमेयरमा एमालेकी उत्तरा नेपालले अग्रता लिएकी छन् । उनले ७०५ मत पाएकी छन् ।
उनलाई गठबन्धन तर्फबाट माओवादी केन्द्रका विजय कृष्ण श्रेष्ठले ५४४ मतसहित पछ्याइरहेका छन् ।
प्रतिक्रिया