Logo

मतदाताको गुनासो सुन्न स्थलगत निरीक्षणमा जिल्लाका उच्चस्तरिय टोली



रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको हो ।

मतदानस्थल तथा मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरीक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

बिहानैदेखि जिल्लाका मतदान केन्द्रमा भइरहेको मतदानको अवस्थाबारे जिल्लाका उच्चस्तरीय टोलीले अनुगमन गरिरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिइन् । मतदानस्थल तथा मतदान केन्द्र, मतदाताका गुनासाबारे निरीक्षण गरिरहेको उनले बताइन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा आज ९शुक्रबार० जिल्लामा उत्साह रूपमा मतदान भइरहेको उनले बताइन् ।

जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको सुरु भएको थियो । मतदान गर्न ७ बजे नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुँइचो लागेको छ । बृद्धबृद्धा, अशक्त, अपांगतालगायतका नागरिक पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १४:४८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट