केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाली शेयर बजार आज बिहिबार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से १८.६४ अंकले घटेर दुई हजार ३ सय ५० दशमलव ४२ विन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार नेप्से ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको थियो । सरकारले साताको दुई दिन विदा दिएपछि अब आइतबार समेत बजार खुल्ने छैन । सोमबार सार्वजनिक बिदा परेका कारण अब बजार मंगलबार मात्र खुल्नेछ ।
शेयर बजार घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । आज दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४४८.६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेर प्रतिकित्ता १२३६.१० रुपैयाँमा झरेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया