दुधौली नगरपालीकामा गठबन्धनको किल्ला गाड्ने दिनेश अधिकारीको उद्घोष-Sutra News

दुधौली नगरपालीकामा गठबन्धनको किल्ला गाड्ने दिनेश अधिकारीको उद्घोष

शुक्रबार, २३ बैशाख २०७९

शुक्रबार, २३ बैशाख २०७९

सिन्धुलीको दुधौली नगरपालीकाको मेयर पदका उम्मेदवार दिनेश अधिकारी (दनुवार)ले गठबन्धनतर्फका नगरपालीकामा बलियो किल्ला गाड्ने उद्घोष गरेका छन् । त्याग, सर्मपण र बलिदानका पयार्यवाचीका रुपमा चिनिने अधिकारी नेकपा माओवादी केन्द्रका अथक राजनीतिक योद्धा हुन् ।



उनि दनुवार समुदायबाट प्रतिनिधित्व गर्ने एक कर्मठ संघर्षशिल विकास प्रेमी नेता भएको स्थानीयवासीले बताउने गरेका छन् । उनले आफ्नो नगरको विकासका लागि भ्यु टावर होइन, भ्यु पावरको विकास र कृषि उत्थान र कृषकको सम्मान भन्नेजस्ता नरालाई जोड दिएका छन् ।

‘जनताको सान, समृद्ध दुधौली नगरपालीका निर्माण हाम्रो अभियान’ बोकेर हिडेका अधिकारी राजनीतिमा इमान्दारीताको बलियो कडीका रुपमा रहेका छन् । जनताका समस्याहरू अझै पनि ज्युँका त्युँ रहेको बताउँदै ती समस्याको सम्बोधन गर्न आफ्नो मेयरमा उम्मेदवारी रहेको उनी बताउँछन ।

लामो समयदेखि राजनैतिक चेतना फैलाउने काम गरिरहेका अधिकारीले दुधौलीलाई नजिकबाट नियालेको स्थानीयहरु बताउँछन् । उनले नगरका जनता विशेष गरी गरिबीको रेखामुनि रहेकाहरुको स्तरोन्नतीमा जोड दिएका छन् । विपन्न परिवारका छोराछोरीका लागि शैक्षिक प्याकेज ल्याउने उनको योजना छ । अधिकारीले जनताको समस्यालाई समाधान गर्न र उनीहरुलाई रचनात्मक र सृजनशील बनाउन बिषेश कार्यक्रम संचालन गरिने योजना सारेका छन् ।

गठबन्धनबाट उम्मेद्वारी दिएका उनले अब मेयरमा जितेर देखानुपर्नेछ र जितका लागि उनले अधार तयार भइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट