Logo

जिम्बाब्बे ‘ए’ लाई सामान्य लक्ष्य, नेपाल १३६ रनमा खुम्चियो



एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बे ‘ए’ लाई नेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍यो ।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गत साता शनिबार नै नेपाल र जिम्बाब्बेबीचको तीन एकदिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर, लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन ।

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन टी- २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिकाअनुसार शुक्रबारबाट तीन एकदिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १३:३२


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट