उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजूरी, शैक्षिक योग्यता ढाँटेर जागिर खाएको आरोप-Sutra News

उपमेयर उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजूरी, शैक्षिक योग्यता ढाँटेर जागिर खाएको आरोप

मंगलबार, २० बैशाख २०७९

मंगलबार, २० बैशाख २०७९

काठमाडौं । आगामी वैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा एमालेको तर्फबाट उपमेयरको उम्मेदवारी दिएकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।



उनीविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको हो ।

उनीविरुद्ध दायर भएको उजूरीमा स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

उनको  नियुक्तिको सम्पूर्ण फाइल झिकाई कानुनअनुसार सजायं दिन माग गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट