Logo

स्थानीय तहले तयार गरेको प्रश्नपत्रमा ७५ पूर्णाङ्कको परीक्षामा ९३ अंकको प्रश्नपत्र



माध्यामिक तहको शिक्षासम्मको अधिकार पाएका स्थानीय सरकारहरुले एसईई भन्दा तल्लो तहसम्मको परीक्षा सञ्चालन गर्दे आएका छन् । पहिले जिल्लाले गर्ने जिल्ला स्तरीय परीक्षा अहिले स्थानीय सरकारले गराउँदै आएका छन् । जिल्ला स्तरीय परीक्षाको रुपमा रहेको कक्षा आठको परीक्षा सञ्चालनमा भने स्थानीय सरकारहरु चुकेका छन् । उनीहरु प्रश्नपत्र निर्माणमै चुकेका हुन् ।

दाङका दुई उपमहानगरपालिका तुलसीपुर र घोराहीका शिक्षा शाखाहरुले प्रश्नपत्र निर्माणमा गम्भीर लापरवाही गर्दा विद्यार्थीहरु मर्कामा परेका छन् ।  उमहानगरको शिक्षा शाखाले तयार गरेको कक्षा आठको विभिन्न विषयको प्रश्नपत्रमा नेपालीबाट सोधिएको प्रश्न र अंग्रेजीबाट सोधिएको प्रश्न फरक फरक हुँदा विद्यार्थीहरु अन्यौलमा छन् ।

तुलसीपुर उपमहानगरपालिकाले तयार परेको सामाजिक शिक्षाको प्रश्न पत्रमा अर्को लापरबाही देखिएको छ । ७५ पूर्णाङकको सामाजिक शिक्षाको परीक्षामा विद्यार्थीलाई ९३ पूर्णाङकको परीक्षा गराइएको छ । त्यसमा पनि संविधानसंग सम्बन्धित प्रश्नमा नेपालीमा एउटा र अग्रेजीमा अर्कै अर्थ लाग्ने प्रश्न राखिएको छ ।

घोराही उपमहानगरपालिकाको शिक्षा शाखाले तयार पारेको जनसंख्या शिक्षाको कक्षा ८को प्रश्नपत्रमा पनि गल्ती पाइएको छ । नेपालीमा लागुऔषध सम्बन्धि प्रश्न सोधिएको छ भने अंग्रेजीमा वायुप्रदुषणको विषय राखिएको छ । यस्ता प्रश्नले विद्यार्थीहरुलाई दोधारमा परोको र प्रश्नपत्र निर्माणमा देखिएको यो लापरवाहीले शिक्षकलाई उत्तर पुस्तिका परीक्षणमा समेत समस्या हुने देखिएको शिक्षकहरुले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले प्राविधिक कारणले प्रश्नपत्रमा केही गल्ती भएको स्वीकार गरे । आगामी दिनमा यस्ता गल्तीहरुलाई सुधार गरेर लैजाने उनले बताए ।

 

विद्यार्थी

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार २०:५५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट