Logo

डब्लुएचओका महानिर्देशक टेड्रोस भोली नेपाल आउँदै



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रका अनुसार डब्लुएचओका महानिर्देशक गेब्रेयससको नेपाल भ्रमण टोलीमा डब्लुएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा पूनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारीहरु पनि सहभागी हुनेछन् ।

नेपाल भ्रमणमा रहँदा महानिर्देशक गेब्रेयसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यस्तै, उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग पनि भेट गर्ने परराष्ट्रले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार ११:३२


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट