गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदै-Sutra News

गभर्नर अधिकारी निलम्बनविरुद्धको रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदै

मंगलबार, ६ बैशाख २०७९

मंगलबार, ६ बैशाख २०७९

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । दर्ता भएको रिटमा पहिलो सुनुवाइका लागि आज पेशी तोकिएको थियो ।



सरकारलाई असहयोग गरेको भन्दै निलम्बन गरेको थियो । निलम्बनमा परेपछि अधिकारीले गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलम्बन गरिएको दाबी गर्दै रिट दायर गरेका थिए । जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्नुका साथै आफूमाथिको निलम्बनसमेत फुकुवाको आदेश जारी गर्न माग गरेका थिए ।

२४ चैत २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्दै जाँचबुझका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट