माओवादी केन्द्र दाङका इन्चार्ज गौतमद्वारा पार्टी परित्याग-Sutra News

माओवादी केन्द्र दाङका इन्चार्ज गौतमद्वारा पार्टी परित्याग

सोमबार, ५ बैशाख २०७९

सोमबार, ५ बैशाख २०७९

माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।



उनले घोराहीमा सोमबार पत्रकार सम्मेलन गरी माओवादी परित्याग गरेको बताए । गौतमले भने– ‘माओवादी परित्याग गरे पनि कम्युनिस्ट विचारधारा छाड्दिन, तत्काल स्वतन्त्र रहेर समाज सेवामा लाग्छु ।’ उनले आफ्नो स्वाभिमान बचाउनका लागि पार्टी परित्याग गरेको दावी गरेका छन् ।

उनी घोराही उपमहानगरपालिकाको मेयरको दाबेदार थिए । गत निर्वाचनमा पनि उनी माओवादीबाट मेयरमा उम्मेदवार बनेका थिए । त्यतिवेला पराजित भएका उनले फेरि मेयरमा उठ्ने इच्छा देखाएका थिए । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उनले माओवादी त्यागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट