मेगा बैंकको कामु सीईओको जिम्मेवारी रविना देशराजलाई-Sutra News

मेगा बैंकको कामु सीईओको जिम्मेवारी रविना देशराजलाई

शुक्रबार, २ बैशाख २०७९

शुक्रबार, २ बैशाख २०७९

मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रविना देशराज श्रेष्ठ नियुक्त भएकी छन् । सीईओ अनुपमा खुञ्जेलीले ४ बर्षे कार्यकाल सकेर विदा लिएपछि बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओमा नियुक्त गरिएको हो ।



श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कामु सीईओमा नियुक्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।

विगत ३१ वर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री (चुतर्थ)बाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत पाइसकेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट