पार्टीभित्र काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने कांग्रेस नेता कोइरालाको उद्घोष-Sutra News

पार्टीभित्र काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने कांग्रेस नेता कोइरालाको उद्घोष

बिहिबार, १ बैशाख २०७९

बिहिबार, १ बैशाख २०७९

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र हुने अन्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताएका हुन् ।



‘पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं ।’

उनले मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको उल्लेख गर्दै त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने बताएका छन् ।

साथै, हरेक अनुकूल र प्रतीकुल परिस्थितिमा भने व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विपक्षीसँग लड्ने प्रण गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट