विद्युत् प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, ड्राइभरले चलाउन मानेनन्-Sutra News

विद्युत् प्राधिकरणले किन्यो २० विद्युतीय गाडी, ड्राइभरले चलाउन मानेनन्

मंगलबार, २९ चैत्र २०७८

मंगलबार, २९ चैत्र २०७८

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २० वटा विद्युतीय गाडी किनेको छ ।



प्राधिकरणले ‘टाटा नेक्सन ईभी’नामक २० गाडी किनेको हो ।

तर प्राधिकरणले किनेको उक्त विद्युतीय गाडीहरु चालकले भने चलाउन मानेका छैनन् । उनीहरुले गाडीमा लाग्ने इन्धनको सुविधा नपाइने तथा अतिरिक्त आम्दानी गुम्ने दरका कारण सकेसम्म गाडी चलाउन नपरोस् भन्ने मनस्थितिमा रहेको बताइएको छ ।

तेल, मोबिल, टायर र मर्मत सम्भारमा बढी खर्च देखाएर गरिने अतिरिक्त आम्दानी घट्ने भएका कारण चालकहरु त्यसबाट पन्छिन खोजेका हुन् ।

अहिले प्राधिकरणले १०औं तह र त्यसभन्दा माथिका कर्मचारीलाई मात्रै गाडी सुविधा दिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट