अर्थमन्त्री शर्मा भन्छन्– देशको अर्थतन्त्र संकटमा गयो भन्नु विरोधीको कुप्रचार मात्रै-Sutra News

अर्थमन्त्री शर्मा भन्छन्– देशको अर्थतन्त्र संकटमा गयो भन्नु विरोधीको कुप्रचार मात्रै

सोमबार, २८ चैत्र २०७८

सोमबार, २८ चैत्र २०७८

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय विरोधहिरुको कुप्रचार मात्रै भएको बताए हुन् ।



यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो । एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भोलीपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् ।

उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने ।

अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट