Logo

५० मेगापिक्सेल सेल्फी क्यामेरा भएको भिभो स्मार्टफोन नेपाली बजारमा, कति होला मूल्य ?



भिभोले नेपाली बजारमा आफ्नो तीनवटा स्मार्टफोन सार्वजनिक गरेको छ । ‘भी’ सिरिजको एउटा (भी २३ फाइभजी) र वाई सिरिजको दुईवटा (वाई ३३ एस र वाई जिरो वन) स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएका हुन् ।

सार्वजनिक भएका तीन स्मार्टफोन मध्ये भी २३ फाइभजीमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित फ्रन्टमा ५० मेगापिक्सेलको पोर्ट्रेट सेल्फी क्यामेरा र ८ मेगापिक्सेलको सुपर वाइड एङ्गल क्यामेरा उपलब्ध छ ।

फोनमा ९० हर्जको ६.४४ इन्चको एमोलेड डिस्प्ले छ भने मिडियाटेक डाइमेन्सिटि ९२० फाइभजी प्रोसेसर प्रयोग गरिएको छ । यो फोन ८ जीबी र्‍याम सहित १२८ जीबीको स्टोरेजमा उपलब्ध छ । ४,२०० एमएएच ब्याट्री भएको यो फोनको मूल्य ५५,९९९ रुपैयाँ तोकिएको छ ।

यसैगरी वाई सिरिज तर्फ वाई३३ एसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको बुके क्यामेरा, २ मेगापिक्सेलको सुपर म्याक्रो क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध छ ।

६.५८ इन्चको डिस्प्ले भएको फोनमा मिडियाटेक एमटी६७६९ भी चिपसेट प्रयोग गरिएको छ । नेपाली बजारमा ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध यो फोनको मूल्य २९,९९९ रुपैयाँ तोकिएको छ ।

यो सँगै सार्वजनिक भएको वाईजीरो वन फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यसमा ६.५१ इन्चको डिस्प्ले उपलब्ध यो फोन २ जीबी र्‍याम र ३२ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ । यसको मूल्य १३,९९९ रुपैयाँ तोकिएको छ । टेकपाना

 

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार २१:३८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • कार्यकारी प्रमुख :
    राजेन्द्र भट्ट