एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष कुँवर एमालेमै फर्किए-Sutra News

एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष कुँवर एमालेमै फर्किए

आइतबार, २७ चैत्र २०७८

आइतबार, २७ चैत्र २०७८

नेकपा एमाले विभाजन हुँदा नयाँ पार्टी नेकपा एककिृत समाजवादीतिर लागेका नेताहरु धमाधम एमालेमै फर्किन थालेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन् रवीन्द्र कुँवर ।



नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रहेका कुँवर आइतबार पुनः एमालेमै फर्किएका छन् ।

कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् । भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका थिए ।

एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने अन्य नेताहरुलाई भने आइतबार पार्टी प्रवेश गराइने नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट