गठबन्धनका नाममा महिला सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैनः नैनसिंह महर-Sutra News

गठबन्धनका नाममा महिला सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैनः नैनसिंह महर

शुक्रबार, २५ चैत्र २०७८

शुक्रबार, २५ चैत्र २०७८

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले संविधानमा व्यवस्था भएको समावेशीताको मर्मलाई निर्वाचनमा पनि दलीय गठवन्धनले आत्मसात गर्नुपर्ने बताएका छन् ।



‘स्थानीय निर्वाचनमा महिला उम्मेदवारीको वैधानिक व्यवस्था र कार्यान्वयन’ विषयक छलफलमा उनले संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा दलहरुले अनिवार्य रुपमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्थाको आशय प्रमुख र उपप्रमुखमा एक जना महिला जित्नु पर्ने भन्ने रहेको बताए ।

‘कुनै पनि गठबन्धनका नाममा महिलाको सहभागिता र प्रतिनिधित्व छुटाउनु हुँदैन । पछिल्लो राजनीतिक परिवर्तनपश्चात संविधानले हरेक निकायमा समावेशिताको अवधारणा कार्यान्वयनको अपेक्षा गरेको छ । यो भनेको अनिवार्य कार्यान्वयन गर्ने भनेको हो,’ महरको भनाइ छ ।

५१ प्रतिशतभन्दा बढी महिलाको उपस्थिति तथ्यांकले देखाएको भन्दै महरले बहुमत जनसंख्या भएको महिला वर्गलाई थप प्राथमिकता राखेर निर्वाचन परिचालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट