नेपालले भारतीय बजारमा ३२५ मेगावाट बिद्युत निर्यात गर्ने-Sutra News

नेपालले भारतीय बजारमा ३२५ मेगावाट बिद्युत निर्यात गर्ने

बुधबार, २३ चैत्र २०७८

बुधबार, २३ चैत्र २०७८

अब नेपालले भारतको प्रतिश्पर्धात्मक बजारमा विद्युत निर्यात गर्न पाउने भएको छ । ऊर्जा मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर नेपालमा उत्पादित विद्युत भारतीय बजारमा प्रतिश्पर्धात्मक रुपमा बेच्न पाइने बताएकी छन् ।



उनका अनुसार अहिले थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको छ । भारतको ऊर्जा मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप तीन र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको बजारमा बेच्न अनुमति दिएको हो ।

१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालयले जानकारी दिएको छ।

उता ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुली पनि भारतले आफ्नो बजारमा बेच्ने अनुमति दिएको हो। भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुली उसको बजारमा बेच्न यसअघि नै अनुमति दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट