आइपीएल: चेन्नईको लगातार तेस्रो हार-Sutra News

आइपीएल: चेन्नईको लगातार तेस्रो हार

सोमबार, २१ चैत्र २०७८

सोमबार, २१ चैत्र २०७८
chennai

पन्जाब किङ्ससँग ५४ रनले पराजित हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले लगातार तेस्रो हार व्यहोरेको छ ।



मुम्बईमा आइतबार राति  पन्जाबले दिएको १८१ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभरमा सबै विकेट गुमाउँदै  १२६ रनमा समेटिएको हो ।

चेन्नईका शिवम डुबेले सर्वाधिक ५७ रन बनाए ।  पन्जाबका राहुल चाहरले ३  विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनायो ।

पन्जाबका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ६० रन बनाए । चेन्नईका क्रिस जोर्डन र ड्वाने प्रिटोरिउसले २-२ विकेट लिए ।

जितसँगै पन्जाबले तीन खेलबाट दोस्रो जित निकालेको छ । पन्जाबले ३ खेलबाट ४ अंक जोडेको छ । चेन्नईले ३ खेलमा अंक जोड्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट