सामाजिक परिवर्तन र जागरण ल्याउन बुद्धिजीवी क्रियाशील हुनुपर्छः ओली-Sutra News

सामाजिक परिवर्तन र जागरण ल्याउन बुद्धिजीवी क्रियाशील हुनुपर्छः ओली

आइतबार, २० चैत्र २०७८

आइतबार, २० चैत्र २०७८

एमाले अध्यक्ष केपी ओलीले सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्ने बताएका छन् ।



एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका रहने भएकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिए ।

आफ्नो सम्बोधनको अधिकांश समय दर्शनशास्त्र र दार्शनिक व्यक्तिबारे व्याख्या गरेका उनले देशमा भएका विभिन्न परिवर्तनका साहित्यकार र बुद्धिजीवीहरूले कृति र लेखले जनतालाई जागरुक गराएको बताए ।

परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, बुद्धिजीवी परिषद्का इन्चार्ज मनोजजंग थापालगायतको उपस्थिति थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट