सरकार र निजी क्षेत्रको सहकार्यबिना देश समृद्ध हुन सक्दैनः प्रधानमन्त्री देउवा-Sutra News

सरकार र निजी क्षेत्रको सहकार्यबिना देश समृद्ध हुन सक्दैनः प्रधानमन्त्री देउवा

आइतबार, २० चैत्र २०७८

आइतबार, २० चैत्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा कुनैपनि देश सरकार र निजी क्षेत्रको सहकार्यबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा लगानी गर्न आग्रह गर्दै सो कुरा बताएका हुन् ।



प्रधानमन्त्री देउवाले नेपालमा लगानीको बातावरण बनाउन सरकारले सहजीकरण गर्ने भन्दै भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न आग्रह गरे । उनले लगानी गर्न चाहने ललगानीकर्ताहरुको हितमा नेपाल सरकारले सबै आवश्यक नीतिगत सहजता प्रदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालमा जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताए ।

पछिल्ला वर्षहरूमा भारतीय लगानी घटिरहेको बताउँदै उनले यसलाई बढाउन निजी क्षेत्रको के कस्तो सहयोग चाहिन्छ, त्यसका लागि आफूहरू तयार रहेको जानकारी दिए ।

कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताउँदै नेपालमा लगानी बढाउन सहजीकरण गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट