क्लासिक टेकले सुरु गर्यो रात्रीकालिन फिल्ड सपोर्ट सेवा-Sutra News

क्लासिक टेकले सुरु गर्यो रात्रीकालिन फिल्ड सपोर्ट सेवा

शुक्रबार, १८ चैत्र २०७८

शुक्रबार, १८ चैत्र २०७८

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रात्रीकालिन फिल्ड सपोर्ट सेवा प्रस्तुत गरेको छ । कम्पनीले फिल्ड सपोर्ट सेवा ६ महिनाबाट अधिकांश सहरहरुमा परिक्षण गरेपछि संचालनमा ल्याएको हो ।



क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको र १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट यसले सेवा सञ्चालनमा ल्याएको छ । देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्यमा स्वस्थ सेवा दिदैं आएको जनाएको छ।

क्लासिक टेकले रात्रीकालिन फिल्ड सपोर्ट सेवा संचालनको लागि देश भरि ८०० जना थप कर्मचारी पनि मागेको थियो ।

ग्राहकले २४ चौबिसै घण्टा फिल्ड सपोर्ट सेवा पाउनको निमित् कम्पनीले ग्राहक लाई कम्प्लेन टिकेट रजिस्टर भएपछि ग्राहक को अनुमतिमा राती १० बजेसम्म सेवा दिने र आगामी दिनमा यसलाई अझै बढाउन सकिने बताएको छ ।

यसो गर्नुको मुख्य उदेश्य ग्राहक लाई २४ चौबिसै घण्टा सेवा दिनु हो, साथै क्लासिक टेकले ग्राहक सेवामा प्रथिकमिकता दिदै आएको छ । अब ग्राहकको कम्प्लेन रजिस्टर भएको २ घण्टाको वर्किङ आवरमा कम्पनीले सपोर्ट दिन सकिने बताएको छ ।

कम्पनीले ग्राहक को कम्प्लेन रजिस्टर भएर आफ्नो कारणबाट ग्राहकलाई समयमा सपोर्ट दिन नसकेकोमा टाइम ब्याक कम्पनसेसन दिदै आएको छ ।

थप जानकारी को लागि

https://www.facebook.com/ClassicTech ,https://www.classic.com.np  वा  ९८०१००६६३३  बाट पनि सोधपुछ गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट