अब राजसंस्था पुनःस्थापनाको सम्भावना सकियोः कमल थापा-Sutra News

अब राजसंस्था पुनःस्थापनाको सम्भावना सकियोः कमल थापा

सोमबार, १४ चैत्र २०७८

सोमबार, १४ चैत्र २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राप्रपाका अध्यक्ष कमल थापाले अब राजसंस्था पुनःस्थापनाको सम्भावना सकिएको दावी गरेका छन् । राप्रपा नेपालले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले राजनीतिक परिवर्तन र पूर्वराजाको सोचले राजसंस्था पुनःस्थापनको सम्भावना सकिएको बताएका हुन् ।



पूर्वराजाप्रति आक्रोशित देखिएका थापाले राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनतामा निर्भर हुने भएपनि अब त्यस्तो अबस्था सिर्जना नहुने बताए । उनले भने– ‘पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको छ ।’

उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पारे ।

अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेक्षा नराखे पनि देशको सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट