राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धमा छलफल-Sutra News

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धमा छलफल

आइतबार, १३ चैत्र २०७८

आइतबार, १३ चैत्र २०७८

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज (आइतबार) बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीलाई भेट्न विदेशमन्त्री वाङ शीतल निवासमा पुगेका थिए ।



भेटका क्रममा चीन र नेपालको द्विपक्षीय सम्बन्ध र हितका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

आजै वाङले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

नेपाली समकक्षी नारायण खड्कासँग छलफल पछि विभिन्न ९ वटा समझदारी पत्रमा दुई देशले हस्ताक्षर गरेका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डल चैत ११ गते काठमाडौं आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट