चैत मसान्तसम्म उम्मेद्‌वारको सिफारिस गर्न एमालेको निर्देशन-Sutra News

चैत मसान्तसम्म उम्मेद्‌वारको सिफारिस गर्न एमालेको निर्देशन

बिहिबार, १० चैत्र २०७८

बिहिबार, १० चैत्र २०७८

एमालेको केन्द्रीय बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको सिफारिस चैत मसान्तसम्म सक्न निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेद्‌वारको सम्बन्धित कमिटीले चैत मसान्तभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।



दुई दिने पोलिटब्यूरो बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख रिजालले स्थानीय कमिटीले गर्नुपर्ने सिफारिसको समयसीमा चैत मसान्तसम्म तोकिएको बताए ।

पोलिटब्यूरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेद्‌वार छनोटको मापदण्डसमेत पारित गरेको छ । स्थानीय कमिटीले उम्मेद्‌वार सिफारिस गरेर माथिल्लो कमिटीमा पेस गर्नुपर्ने छ । सोही आधारमा माथिल्लो कमिटीले उम्मेद्‌वारको छनोट गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट