एमाले प्रवेश गरे महराका स्वकिय सचिव शर्मा-Sutra News

एमाले प्रवेश गरे महराका स्वकिय सचिव शर्मा

बिहिबार, १० चैत्र २०७८

बिहिबार, १० चैत्र २०७८

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । शर्माले दुई दिन अगाडि माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए भने आज एमालेमा प्रवेश गरेका हुन् ।



काठमाडौंमा आज बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले शर्मा र उनकी पत्नी सीतालाई पार्टीमा स्वागत गरे ।

शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।

शर्माले लामो समयसम्म कृष्ण बहादुर महराको स्वकीय सचिव भएर काम गरेका थिए । लुम्बिनी प्रदेश कमिटी सदस्यको आकांक्षी थिए । तर प्रदेश कमिटीमा नपरेपछि चर्को असन्तुष्टि व्यक्त गर्दै माओवादी केन्द्र छाडेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट