२५ डीएसपीको काज सरूवा, को कहाँ पुगे ?-Sutra News

२५ डीएसपीको काज सरूवा, को कहाँ पुगे ?

बुधबार, ९ चैत्र २०७८

बुधबार, ९ चैत्र २०७८

प्रहरी प्रधान कार्यालयले २५ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरूवा गरेको छ । प्रधान कार्यालयले मंगलबार साँझ एक सूचना जारी गर्दै २५ जना डीएसपीलाई काज सरूवा गरेको जानकारी दिएको हो ।



सूचना अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा खटाइएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत डीएसपी कबित कटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा खटाइएको छ । अख्तियारमा कार्यरत सन्तोष निरौलालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट सरूवा गरेको छ ।

यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुममा कार्यरत डीएसपी गणेश बहादुर श्रेष्ठलाई काजमा खटाएको छ ।

केन्द्रीय अनुसन्धान विभागमा कार्यरत कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्ला खटाएको छ ।

यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत विष्णु प्रसाद सोतीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रूकुम पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट