उद्योग वाणिज्य संघ जुम्लामा लोकतान्त्रिक प्यानल विजयी-Sutra News

उद्योग वाणिज्य संघ जुम्लामा लोकतान्त्रिक प्यानल विजयी

बुधबार, ९ चैत्र २०७८

बुधबार, ९ चैत्र २०७८

जुम्ला उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यालन विजयी भएको छ । कांग्रेस निकट लोकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।



जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकोटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए ।

प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन् । निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे।

उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट